उदयपुरमा मतदान केन्द्रबाट हातहतियार सहित तीन जना पक्राउ

थप अनुसन्धान हुँदै

उदयपुर । रौतामाई गाउँपालिका–७ मुर्कुचीस्थित मुर्कुची उच्च माबि मतदान केन्द्रमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा तीन जनालाई पक्राउ गरेको छ ।

उनीहरुलाई उदयपुर प्रहरीले सुतली बम २ थान, गैती १ थान, गुलेली १ थान, नेपाल कम्युनिष्ट पार्टीको आवेदन फाराम १ प्याड तथा सोही पार्टीको सहयोग रसिद १ प्याड सहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरु त्रियुगा नगरपालिका–१५ बस्ने ४० वर्षीय भरत बस्नेत, रौतामाई गाउँपालिका–७ बस्ने ३२ वर्षीय तिलक तामाङ र सोही ठाउँ बस्ने ४५ वर्षीय ध्रुर्व खडका हुन ।

यस सम्बन्धमा थप आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले बताएको छ ।