व्यापार घाटा नियन्त्रण अबको मूख्य चूनौतिः प्रधानमन्त्री

कृषि र पशुपालन क्षेत्रबाट आत्मनिर्भर बन्न सक्ने दावी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले व्यापार घाटा नियन्त्रण नेपालका लागि अब मूख्य चुनौति भएको बताएका छन ।

बुधबार दिउँसो नेपाल पशु चिकित्सा परिषदका पदाधिकारीहरुको सपथ कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले त्यस्तो बताएका हुन ।

प्रधानमन्त्रीले भने–‘हामीले अध्याँरो युग बिस्थापित गरेका छौं, आर्थिक बृद्धिदर उत्साहवद्र्धक छ, विकास आयोजनाहरुमा तिब्र प्रगति हुँदैछ, ठूला योजनाहरु निर्माणले गति लिएको छ, आर्थिक परिसूचकहरु सकारात्मक छन् । तर, पनि व्यापार घाटाको स्थिति सन्तोषजनक छैन । अबको हाम्रो चुनौति बढ्दो व्यापार घाटा नियन्त्रण गर्नु हो । यसमा राज्यले नै गम्भीर रुपमा ध्यान दिनुपर्छ ।’

नेपाल पशुपालनमा आत्मनिर्भर बन्दै गएकाले कृषि र पशुपालनको क्षेत्रमा पुरै आत्मनिर्भर बन्न सक्ने बताएका छन । तर, यो क्षेत्रलाई अझै फोकस गर्न नसकेको समेत बताए । राज्यले गरेको लगानीको राम्रो प्रतिफल आउने क्षेत्र यही भएको बताए ।

सो अवसरमा नेपाल पशु चिकित्सा परिषदमा नेपाल सरकार मन्त्री परिषदको मिति २०७४ जेठ ८ गतेको बैठकले नियुक्त गरेका पदाधिकारीहरुलाई सपथ गराइएको थियो ।

सपथ लिनेहरुमा अध्यक्षमा डा. सीताराम अर्याल, सदस्यमा स्वयप्रकाश श्रेष्ठ र रजिष्टारमा डा. नारायण प्रसाद घिमिरे रहेका थिए ।