बुधबार बसेको संसद् बैठक अबरुद्ध

एमालेद्धारा भरतपुरको मत गणना गर्न माग

काठमाडौं । बुधबार बसेको संसद् बैठक प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अबरुद्ध गरेको छ ।

भरतपुर महानगरपालिकामा मत पत्र च्यातेपछि स्थगित भएको मतगणना कार्य सुरु गर्न माग गर्दै आज बसेको संसद् बैठक एमालेले अबरुद्ध गरेको हो ।

वडा नं १९ को मत गणना गर्नु पर्ने र पुन: मतदान गर्ने प्रयास गरेमा आफुहरु चुप लागेर नबस्ने एमाले बताएको छ । त्यहाँको मत गणना तत्काल सुचारु गर्न आग्रह समेत गरेका छन ।