संसदीय दलको बैठकमा प्रधानमन्त्रीले यस्तो भनेपछि

चुनाव नसर्ने पक्का पक्की

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दोस्रो चरणको स्थानीय तहको चुनाव असार १४ गते सार्ने निर्णय प्रमुख प्रति पक्ष दल नेकपा एमालेको सहकार्यमै भएको बताएका छन् ।

प्रधानमन्त्रीले आज बिहान सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकमा मुस्लिम समुदायको पर्व रमजान असार ९ गते परेकाले चुनावको मिति असार १४ गतेका लागि सार्नु परेको बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले अब स्थानीय तहको दोस्रो चरणको निर्वाचन असार चौध गते नै सभ्य रुपमा सम्पन्न हुने र अझ पनि चुनाव सर्ने आशंका नगर्न आग्रह गरे ।