दाङमा गोली लागेर एक सैनिकको मृत्यु

दाङ । आफैंले बोकेको बन्दुक पड्किएर गोली लाग्दा सोमबार दाङमा एक सैनिक अमल्दारको मृत्यु भएको छ ।

निर्वाचन सुरक्षाका क्रममा ट्रकमा गढवा गाउँपालिकातर्फ जाँदै गर्दा राप्ती पुलनजिक दुर्घटनावश आफ्नै बन्दुक पड्किँदा घोराही उपमहानगरपालिका(१० का ३४ बर्षीय) किसन थापा घाइते भएका थिए ।

घाइते थापालाई उपचारको लागि राप्ती उपक्षेत्रीय अस्पताल घोराही ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।