आज बस्ने मन्त्रीपषिदको बैठकबाट दोस्रो चरणको निर्वाचन अनुमोदन हुने

काठमाडौं । सरकारले दोस्रो चरणका लागि आउँदो असार ९ गते निर्वाचन सार्ने निर्णय गरेकोमा फेरि एक हप्तापछि सर्ने भएको छ ।

मंगलबार प्रधानमन्त्री पुष्प कमल दाहालले निर्वाचन आयोगका पदाधिकारीहरुलाई बोलाएर सोसम्बन्धी छलफल गरेका थिए । 

असार ९ गतेका दिन तोकिएको निर्वाचनमामुस्लिम धर्मावलम्बीहरुको मुख्य पर्व रमजानको मुख्य दिन पर्ने भएकाले सो समुदायका तर्फबाट आपत्ति जनाएपछि प्रधानमन्त्रीले आयोगका पदाधिकारीसँग छलफल गरेका हुन् ।

सरकारले दोस्रो चरणको निर्वाचन असार १४ गते बुधबार गर्ने तयारी गरेको र सो सम्बन्धी निर्णय आज बुधबार बस्ने मन्त्रीपरिषद बैठकले अनुमोदन गर्ने बुझिएको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा प्रकाशित छ