सहमतिको नाममा निर्वाचनको मिति सार्नु हुदैँनः पूर्व अर्थमन्त्री पाण्डे

तोकिएकै मितिमा निर्वाचन सम्पन्न हनुपर्नेमा जोड

काठमाडौं । नेकपा एमालेका स्थायी समिति सदस्य तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले सहमतिको नाममा निर्वाचनको मिति सार्दै जादाँ त्यसले मुलुकमा थप समस्यामा पैदा गर्ने तर्फ संकेत गर्दै सरकारले तोकिएकै मितिमा निर्वाचन गर्नुपर्ने बताएका छन ।

आज संसद भवनबाट बाहिरिने क्रममा हरपल नेपाल डटकमसँग दोश्रो चरणको स्थानीय निर्वाचन र सरकारको सहमतिय प्रयासका विषयमा कुराकानी गर्दै उनले त्यस्तो बताएका हुन् ।

पूर्व अर्थमन्त्री समेत रहेका नेता पाण्डेले सरकारले आफ्नो पार्टीले स्थानीय निर्वाचन एकै पटकमा गर्नुपर्ने बताएको भएपनि सरकारले दुई चरणमा गर्ने खालको निर्वाचन कार्यक्रम घोषणा गरेको बताउदै अहिले आएर पूर्न पूर्व निर्धारित मिति बदल्नु नहुने बताए ।

उनले पहिलो चरणको निर्वाचन सम्पन्न भैसकेको र दोश्रो चरणको निर्वाचनको मिति नजिकिदै गएको अवस्थामा प्रधानमन्त्रीले राजिनामा दिनु र अहिले मधेसी दल लगाएतलाई समेट्दै निर्वाचन गर्ने नाममा सरकारले मिति सार्दै जानुले राम्रो संकेत नगरेको बताए ।

हिजो सरकारले निर्वाचनको मिति पूर्व निर्धारित समय भन्दा दश दिन पछाडि सार्ने निर्णय गरेको थियो । सारेको मितिमा समेत दाश्रो चरणको निर्वाचन हुनेमा आशंका बढिरेहेको भन्दै उनले तोकिएकै मितिमा निर्वाचन गराउनु पर्नेमा जोड दिए ।