जसले आफैंलाई पनि भोट हालेनन्

काठमाडौं । स्थानीय निर्वाचनमा महानगरपालिका र नगरपालिकाको प्रमुख पदको दाबी गर्दै उम्मेदवारी दिएका कतिपयले आफूलाई पनि भोट नदिएको जानकारी पाइएको छ । कतिपयले भने आफ्नो एक मत मात्र पाएका छन् ।

बैशाख ३१ मा भएको निर्वाचनमा काठमाडौं उपत्यकाका तीन जिल्लाबाट प्रमुखमा उममेदवारी दिएका १६ जनाले आफूलाई पनि मत दिएका छैनन्। किनकी उनीहरुले एक मत पनि पाउन सकेका छैनन्।
प्रमुख पदमा उम्मेदवार बनेका १४ जनाले आफ्नो एक मत मात्र पाएका छन्।
निर्वाचन आयोगको तथ्यांकअनुसार उपत्यकाका विभिन्न जिल्लाहरु काठमाडौं, ललितपुर, भक्तपुरका नगरपालिकाका उम्मेदवारको मत परिणामले यस्तो स्थिति देखाएको हो । यो समाचारआजको नागरिक दैनिकमा प्रकाशित छ ।