रक्सी र चुरोटमा कर बढ्यो

काठमाडौं । सरकारले आगामी आर्थिक बर्षको बजेटमार्फत चुरोट र रक्सीमा कर बढाएको छ ।

बजेट पेस गर्नेक्रममा अर्थमन्त्री कृष्ण बहादुर महराले स्वास्थ्यलाई प्रतिकुल रुपमा असर पर्ने रक्सी र चुरोटमा मात्र अन्तशुल्क बढाएको घोषणासमेत गरेका हुन ।

उनले करसम्बन्धी विवादका लागि स्थायी संयन्त्र बनाउने तयारीसमेत भएको बताए । यो समाचार आजको नेपाल समाचारपत्रमा प्रकाशित छ ।