एमालेको अबरोधका कारण बजेट प्रस्तुत गर्न ढिलाई

महाअभियोग प्रस्ताव फिर्ता लिनु पर्ने एमालेको अडान

काठमाडौं । प्रधानन्यायाधीश सुशीला कार्कीबिरूद्धको महाअभियोग प्रस्ताव फिर्ताको विषयलाई लिएर प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसदबाट बजेट प्रस्तुत गर्न अबरोध गरेको छ ।

सत्तारुढ दल र प्रतिपक्षका दलका शीर्ष नेताहरूबीच भएको छलफलमा संसदबाट महाअभियोग प्रस्ताव फिर्ता लिने र बजेट प्रस्तुत गर्ने सहमती भएको थियो ।

सो सहमति अनुसार सत्तारुढ दलले महाअभियोग फिर्ता नगर्दा प्रतिपक्ष दल एमालेले बजेट पेश गर्न नदिने अडान लिएको छ ।