देशव्यापी कांग्रेस हराउ अभियान चलाउन एमाले महासचिव पोख्रेलको कडा निर्देशन (भिडियोमा हेर्नुहोस्)

भन्छन–‘जित सुनिश्चित हुन्छ भने,जे पनि गर्नुहोस्’

काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोख्रेलले दोश्रो चरणमा हुने स्थानीय निकायको निर्वाचनमा देशव्यापी  रुपमा कांग्रेस हराउ अभियान चलाउन नेता, कार्यकर्ताहरुलाई निर्देशन दिएका छन ।

अनेरास्ववियु केन्द्रीय समितिद्धारा आज आयोजित ‘दोश्रो चरणको स्थानीय तह निर्वाचन परिचालन विशेष भेला’ कार्यक्रममा बोल्दै एमाले महासचिव पोख्रेलले आफ्ना नेता, कार्यकर्ताहरुलाई त्यस्तो निर्देशन दिएका हुन ।

महासचिव पोख्रेलले काठमाडौंमा रहेका अखिलका अगुवा विद्यार्थी नेताहरुलाई मञ्चबाटै निर्देशन गर्दै भने–‘कुनै पनि हालतमा दोश्रो चरणको स्थानीयय निर्वाचन एमालेले जित्नुपर्छ, कांग्रेसले हार्नु पर्छ । । कांग्रेसलाई एक्ल्याउनका लागि पहिले अरुसँग तालमेलको कुरा गरेर अल्मल्याइ राख्नुहोस, अरुसँग मिल्नबाट रोक्न सबैलाई घुमाई राख्नुहोस । जित सुनिश्चितता गर्नका लागि जे जे गर्न आवश्यक पर्छ, ढुक्क भएर गर्नुहोस् ।’

उनले निर्वाचनलाई लडाईको संज्ञादिदै त्यसमा एमालेले हार्नु नहुने भएकाले जसरी पनि जिताउनका लागि कार्यकर्ताहरुलाई आ–आफ्नो क्षेत्रमा गएर नेतृत्वगर्न निर्देशन गरे । उनले निर्वाचन सम्पन्न भैसकेका क्षेत्रका विद्यार्थी नेताहरुलाई पनि अब निर्वाचन हुने स्थानहरुमा एमाले जिताउका लागि योजनाबद्ध रुपमा लाग्न आदेश गरे ।

राष्ट्रियता बचाउनका लागि एमालेलाई जनतासँग भोटमाग्नु पर्ने भन्दै उनले कांग्रेसले जितेमा राष्ट्र बचाउन नसकिने कुरा पनि कार्यकर्ताहरुमाझ प्रस्तुत गरे ।

उनले २०४६ ०४७ सालपछि कांग्रेसले साढे पाँच हजार दिन शासन चलाएको, पटक पटक बहुमत ल्याएको र नेपाली जनताका विश्वासको अपमान गरेको भन्दै कांग्रेसले मुलुकको बहुदलिय प्रजातन्त्रलाई धरासयि बनाउने, राष्ट्रियतालाई पटक पटक संकटमा पार्ने काम गरेको आरोप समेत लगाए ।

बहुमतमा प्रधानमन्त्र िहुदापनि लोकतन्त्रलाई राजाको सिरमा राख्ने काम कांगे्रेसका सभापति शेरबहादुर देउवाले बिगतमा गरेको बताउदै पोख्रेलले कुनैपनि हालतमा कांग्रेसलाई जित्न नदिन कार्यकर्ताहरुलाई कडा निर्देशन दिए ।

LOADING...