जेठ ३१ को लागि तय भएको स्थानीय तह निर्वाचनको मिति सर्यो

असार ९ गते गर्ने निर्णय

काठमाडौं । सरकारले नजिकिदै गरेको दोस्रो चरणको स्थानिय तहको चुनाव असार ९ गतेका लागि सारेको छ ।

आज सिहंदरमा बसेको मन्त्रिपरिषदको बैठकले जेठ ३१ मा तय गरेको प्रदेश नं १, २, ५ र ७ मा भने असार ९ गते गर्ने निर्णय गरेको हो ।

सरकार प्रवक्ता तथा माओवादी केन्द्रका नेता सरेन्द्रकुमार कार्कीले भने–‘दोस्रो चरणको निर्वाचन सार्नुमा सरकारको रहर नभएर बाध्यता हो । जेठ ३१ गते मुस्लिम समुदायको पवित्र रमजान चाडलाई मध्यनजर गरेर चुनाव सारिएको हो ।’

आइतबार साँझ बसेको तीन प्रमख दल सत्तारुढ नेपाली कांग्रेस, माओवादी केन्द्र र प्रतिपक्ष दल नेकपा एमालेका शिर्ष नेताहरुको बैठले राजपाले भाग लिने स्थितिमा निर्वाचन सार्न सकिने निर्णय गरेको थियो ।