स्थानीय निर्वाचनमा टिकट नपाएपछि आमरण अनसन बसेका कांग्रेस कार्यकर्ता अस्पताल भर्ना

कैलाली । नेपाली कांग्रेस जिल्ला कार्यसमतिले टिकट वितरणमा धाधली गरेको भन्दै ५ दिनदेखि आमरण अनसनमा बसेका कृष्ण कुँवरको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको छ ।

कुँवरको स्वास्थ्य अवस्थामा कमजोर देखिएपछि आइतबार राति सेती अञ्चल अस्पतालमा रहेको सघन उपचार कक्ष (आईसियु) मा भर्ना गरिएको छ ।

नेविसंघका पूर्व जिल्ला अध्यक्ष समेत रहेका कुँवर ५ दिनदेखि पार्टी कार्यालयमा नै अनसनमा बसेका थिए ।

उनका अनुसार पार्टीले आफूलाई धनगढी उपमहानगरपालिकाको वडा नम्बर १ को अध्यक्षको टिकट दिनु पर्ने माग राख्दै आएपनि पार्टीले उक्त मागलाई प्राथमिक्ता नदिएको भन्दै कुँवर आमरण अनसनमा बसेका हुन ।उक्त अध्यक्ष पदको टिकट पार्टीले वडा नम्बर १ मा सन्तोष मुडभरी र महादेव सोवको नाम केन्द्रमा सिफारिस गरेको छ ।

आमरण अनसनमा रहेका कुँवरको स्वास्थ्य स्थितीमा समस्या आएपछि डाक्टरको सल्लाहअनुसार उनलाई आईसियुमा भर्ना गरिएको हो ।

सेती अञ्चल अस्पतालमा आईसियु ईन्चार्ज डा. किरण खनालका अनुसार कुँवरको मुटुको धडकन सामान्य फेरबलको अवस्थामा देखिएको बताउँदै कुँवर खतराबाट मुक्त भएको बताए ।