एमालेको नजरमा सहमतीय सरकार गठन: आवश्यकता र चुनाैतीको प्रश्न

‘सहमतीय सरकारमा एमाले पनि सहभागि हुन्छ’

गोकुल प्रसाद घर्तीमगर

प्रधानमन्त्रीले राजीनामा दिएपछि राष्ट्रपतिबाट सहमतीय सरकार गठनका लागि दिइएको सात दिनको समय पनि सकिनै लागेको छ । राजनीतिक दलहरु सहमतीय सरकार निर्माण गर्नका लागि छलफलमा जुटिरहेका छन तर अहिलेसम्म त्यसको खाका तयार पनि तयार हुन सकेको छैन । आज नेपालको राष्ट्रिय राजनीतिमा जुन प्रकारका समस्याहरु देखिएका छन, संक्रमणकाललाई अन्त्य गर्ने, कतिपय पक्षका असन्तुष्टिहरुलाई सम्बोधन गर्नुपर्ने, संविधान कार्यान्वयनमा जुन प्रकारका जटिलताहरु देखिएका छन, त्यसलाई सम्बोधन गर्नका निम्ति सहमती सरकारको बिकल्प छैन । त्यसकारण एमालेले सहमतीय सरकार गठनका लागि बिशेष ढङ्गको वहस चलाएको हो, र अहिले सहमतीय सरकारको गठनले नै तमाम समस्या हल गर्न सक्छ । यहि नै अहिलेको आवश्यकता हो । हामीले कस्को नेतृत्वलाई स्विकार गर्ने वा कस्को नेतृत्वमा सरकार बनाउने भन्ने विषयलाई प्रधान ठानेका पनि छैनौ, यतिबेला मुलुकका तमाम राष्ट्रिय समस्याहरु र जिम्मेवारी बहन गर्न सक्ने सरकार अनि त्यस्तो नेतृत्वकोे आवश्यकता छ ।

यदि सहमतीय सरकारको स्प्रिट अनुरुप उनिहरु लिडरसिपमा खूल्ला रहेर छलफल गर्न तयार हुन्छन, छलफलद्धारा लिडरसिपको टुङ्गो लगाउछन भने त्यसमा एमाले सकारात्म रुपमा अगाडि बढ्छ र सरकार गठनको वहसमा सहभागी हुन सक्छ ।

हामीले जस्को नाममा सहमती हुन्छ, त्यसैको नेतृत्वमा सहमतिय सरकार बन्नुपर्छ भन्नेमा हामी छौ, त्यसो भएमा हामी सरकारमा सहभागि सम्भावना पनि रहन्छ, तर अर्काको अस्तित्वलाई नस्वीकार्ने र सहमतिय सरकारको मर्म बिपरित ढंगले चलखेल गर्न खोजेमा हामी त्यसको विरोध हुन्छौ र सरकारमा सहभागि हुने अवस्था रहदैन । त्यसैले गर्दाखेरी सबै राजनीतिक दलहरु कांगे्रस, माओवादी लगाएतले यदि देश र जनताप्रतीको जवाफदेहिता बोक्छन, जनताप्रति उनीहरुले एउटा दायित्व बोध गर्छन भने, उनिहरुपनि सहमती सरकार निमार्णका लागि सहमतीमा आउनु नै पर्छ । सरकारको लिडरसिपका सन्दर्भमा कुनै स्वार्थ नराखेर एउटा साझा ब्यक्तित्वको चयन गर्नुपर्छ भन्ने मलाई लाग्दछ । अहिलेको अवस्थामा राष्ट्रिय सहमतीको सरकार भन्नाले मूलत राष्ट्रिय समस्याहरु र त्यसको परिपूर्ति गर्नसक्ने खालको सबैको सहमती सहितको सरकार गठन नै हो । तसर्थ यसको ब्यापक दायरामा जाँदा सपोर्ट अफ अल पार्टी भन्ने बुझिन्छ । नेपालको राष्ट्रिय राजनीतिमा विशेष महत्व राख्ने, विशेष अर्थ राख्ने, जुन नेकपा एमाले, नेपाली कांग्रेस र माओवादी केन्द्र लगायतका राजनीती दलहरु छन, ति सबै दलहरुको सम्मिलित सरकार नै वास्तवमा राष्ट्रिय सहमतीय सरकारको संरचना हो । यदि सहमतीय सरकारको स्प्रिट अनुरुप उनिहरु लिडरसिपमा खूल्ला रहेर छलफल गर्न तयार हुन्छन, छलफलद्धारा लिडरसिपको टुङ्गो लगाउछन भने त्यसमा एमाले सकारात्म रुपमा अगाडि बढ्छ र सरकार गठनको वहसमा सहभागी हुन सक्छ । तर अहिलेसम्म कांग्रेस, माओवादीहरुले सत्ता साझेदारीको पूर्व सहमती अनुसार नै अघि बढ्न खोजेको जस्तो देखिएको छ, त्यस गठबन्धनका कारण अब उनिहरु सहमतीय सरकार गठनका सन्दर्भमा सकारात्मक देखिएका छैनन् ।

यदि राजनीतीक दलहरु साँच्चिकै ईमान्दार हुने होे भने, देश र जनताको हितलाई केन्द्रविन्दुमा राखेर काम गर्ने सोच राख्छन भने, सात दिनको समय सरकार गठनको लागि पर्याप्त हो । तर त्यस्तो खालको जवाफदेहिता वा जिम्मेवारबोध कांग्रेस, माओवादीमा देखिएको छैन ।

कांग्रेस माओवादीको सत्ताको आलोपालो गर्ने जुन अत्यन्त बेठिक र राष्ट्रिय सहमतीय सरकारको भावना विपरित ढंगको सहमती बनाइएको छ, त्यसले सरकार निर्माणमा केही बाधा पक्कै ल्याउने अनुमान गर्न सकिन्छ । उनीहरुले एमाले बिना सहमतीको सरकारको जुन प्रकारको कोसिस गर्न थाल्नु भएको छ, त्यो आम नेपाली जनताको मत विपरित छ, र त्यो अहिलेको आवश्यकता पनि होइन । एमाले बिना राष्ट्रिय सहमतीय सरकारको कल्पना नै गर्न सकिदैन । एमाले अहिलेको अवस्थामा मुलुकको सबैभन्दा ठूलो दल हो । ब्यवस्थापिकामा फरक अवस्था होला तर ७० को जनमत र अहिलेको जनमतले एमाले प्रति जनताको विश्वास र भरोसा कति छ भन्ने प्रष्ट देखिएको छ । त्यसले गर्दाखेरी एमालेलाई बाहिर राखेर कसैले पनि सहमतीको सरकारको बाँजा  बजाउँछ भने त्यो बेठिक हो, उपयूक्त होईन र अब त्यसलाई साँचो अर्थमा सहमतीय सरकार भनिदैन । एमालेको समानान्तर सहभागिता बिनाको सरकार सहमतीय सरकार हुदैन, बन्न पनि सक्दैन ।

राष्ट्रपतिले सरकार गठनको लागि सातदिने समयावधि दिनु भएको छ, तर दलहरुले खासै त्यसमा राष्ट्रिय सहमतीय सरकार गठनको सन्दर्भमा वहस चलाएको भने देखिदैन, उनीहरुले सहमतीय सरकारको नाममा बहुमतको खेल रच्दै गरेको संकेत देखिएको छ । यदि राजनीतीक दलहरु साँच्चिकै ईमान्दार हुने होे भने, देश र जनताको हितलाई केन्द्रविन्दुमा राखेर काम गर्ने सोच राख्छन भने, सात दिनको समय सरकार गठनको लागि पर्याप्त हो । तर त्यस्तो खालको जवाफदेहिता वा जिम्मेवारबोध कांग्रेस, माओवादीमा देखिएको छैन, जस्ले सरकार गठनमा समेत केही जटिलताको अवस्था ल्याउने देखिन्छ । सुरुदेखि नै हामीहरु निर्वाचन बैशाख ३१ गते देशैभरी एकसाथ हुनुपर्छ भन्नेमा थियौ, दुईचरणमा गर्नुहुदैन भन्ने हाम्रो मान्यता हो । तर पनि सरकारले घोषणा गर्यो, सरकारले घोषणा गरिसकेपछि अब हामिले त्यसलाई स्विकारेर अघि बढेको अवस्था हो । तर निर्वाचनको मुखमा आएर प्रधानमन्त्रीले सरकारबाट राजिनामा दिुनुभयो, यसले दोश्रो चरणको निर्वाचन जुन जेठ ३१ गतेको लागि घोषडा गरिएको छ, त्यसलाई समेत सरकार गठन प्रकृयाको अन्योलताका कारण प्रभावीत पर्न सक्छ भनेर ब्याख्या गरिएको छ, हामीले त्यो अवस्था आउनु हुदैन भनिराखेका छौ । कुनैपनि हालतमा तोकिएकै मितिमा निर्वाचन हुनुपर्नेमा हाम्रो जोड छ । अर्को कुरा निर्वाचनमा सरकारले सुरक्षाको ब्यवस्था गर्ने हो, लजिस्टिक सपोर्ट गर्ने हो, तर निर्वाचन त निर्वाचन आयोगले गराउने हो नि । त्यसैले निर्वाचन आयोग फुलफिल नै छ, उसले आफ्नो काम गरिरहेको छ ,त्यसले गर्दाखेरी यता सरकार गठनको प्रकृयामा ढिलाइका कारणले पूर्व निर्धारित निर्वाचनको कार्यक्रम प्रभावित हुनुहुदैन । यि दुई फरक विषयहरु हुन, कुनै साईनो सम्बन्ध राख्दैनन ।

कतिपयले शेरबहादुर देउवा जीको नेतृत्वमा सरकार बन्छ भन्ने गरेका छन, कतिपयले पुर्न माओवादीका प्रचण्डकै नेतृत्वमा बन्ने आशंका पनि गरेका छन त कतिपयले एमाले आफैले नेतृत्व गर्छ भन्ने पनि अनुमान गरेको देखिन्छ, तर हामीले नेतृत्वको विषयमा सहमती खोजि गरौं भनेका छौ ।

सरका गठनको सन्दर्भमा यो वा त्यो विकल्प भन्नेमा हामी छैनौ । हामी सरकारको नेतृत्वका सन्दर्भमा खुल्ला छौ र अरु दलहरु पनि सर्त बिना,खुला ढंगले छलफलमा आउनुपर्छ भन्ने हाम्रो भनाइ हो । कतिपयले शेरबहादुर देउवा जीको नेतृत्वमा सरकार बन्छ भन्ने गरेका छन, कतिपयले पुर्न माओवादीका प्रचण्डकै नेतृत्वमा बन्ने आशंका पनि गरेका छन त कतिपयले एमाले आफैले नेतृत्व गर्छ भन्ने पनि अनुमान गरेको देखिन्छ, तर हामीले नेतृत्वको विषयमा सहमती खोजि गरौं भनेका छौ, सहमतीको अभ्यास नै नगरी बहुमतिय खेलमा जानु हुदैन, त्यसो भएमा एमाले सरकारमा जादैन भनी राखेका छौ । तर यसको अर्थ यो होइन की हामी हामी सत्ता प्राप्तीको लागि र्याल चुहाउछौ । हामीले त जनताको विश्वास र समर्थनको कदर गर्नु पर्छ र राष्ट्रिय आवश्यकता परिपूर्ति गर्न सक्ने खालको सहमतिको सरकार बनाउनु पर्छ मात्र भनेका हौ, त्यसको नेतृत्व कस्ले गर्ने विषयलाई मुख्य कुरा भनेका छैनौ ।

(लेखक घर्तीमगर नेकपा एमालेका सचेतक हुन् । उनी रोल्पाबाट निर्वाचित संसद समेत हुन ।)