भरतपुरमा मध्यरातीदेखि मत गणना रोकियो

मत पत्र च्यात्ने प्रहरीको नियन्त्रणमा

चितवन । भरतपुर महानगरपालिकाको मतगणना मध्यरातिदेखि रोकिएको छ ।

मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले मध्यरातमा मतपत्र च्यातिए लगतै पत्रकार सम्मेलन गरी मतगणना स्थगित भएको घोषणा गरेका हुन् ।

वाईसीएलका जिल्ला अध्यक्ष मधु न्यौपाने र मतगणनामा बसेका माओवादी प्रतिनिधि द्रोण सिवाकोटीलाई मतपत्र च्यातेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ ।