सम्बृद्ध नगर बनाउने भक्तपुरका दुई नगरप्रमुखको प्रतिबद्धता

जनताको काम बढीमा तीन दिन भित्रमा गर्ने दावी

भक्तपुर। भक्तपुर र मध्यपुर थिमि नगरपालिकाका दुई नवनिर्वाचित नगरप्रमुखद्धारा यहाँको नगरलाई सम्बृद्ध बाउने घोषणा भएको छ ।

रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै भक्तपुर नपाका नवनिर्वाचित नगरप्रमुख सुनिल प्रजापति र मध्यपुरथिमि नगरपालिकाका नगरप्रमुख मदनसुनदर श्रेष्ठले त्यस्तो घोषणा गरेका हुन ।

भक्तपुरका नगरप्रमुख प्रजापतिले आगामी पाँच वर्ष भित्र भक्तपुर नगरलाई सफा, सुन्दर र स्वच्छ नगर बनाउने बताए। जनताले स्थानीय सरकार नगर मै पाएको अनुभूति गर्ने गरि पार्टीको घोषणा पत्रमा अनुसार काम गर्ने बताउँदै उनले सुरुवातमा खानेपानी र सरसफाईको समस्या समाधान गर्ने कार्य भईसकेको बताए ।

उनले खानेपानी समस्या समाधान गर्र्न, नगरकोट सडक विस्तारका क्रममा आएको फोहोर फाल्ने कार्यलाई ततकल रोक्न, भक्तपुरको हनुमानघाट र सल्लाघारीमा रहेका दुई उपचार पोखरीलाई जतिसक्दो छिटो संचालनमा ल्याउने, भूकम्पले भत्काएको संरचनाहरु पुर्ननिर्माणलाई तिब्रता दिने, स्नातकोत्तर तहसम्मको शिक्षाको व्यवस्था गर्ने, मेडिकल कलेज समेत संचालनमा ल्याउने र स्वास्थ्य क्षेत्रमा पनि तिब्र विकास गर्ने बताएका छन ।

सोही कार्यक्रममा मध्यपुरथिमि नगरपालिकाका नगरप्रमुख मदनसुन्दर श्रेष्ठले मध्यपुरलाई शैक्षिक हव बनाउने बताए ।

उनले मध्यपुरमा रहेका शैक्षिक संस्थाहरुसंग समन्वय गर्ने, सरकारी र निजी विद्यालयहरुसंग समन्वय गरेर यहाँका सरकारी विद्यालयको गुणस्तर बृद्धि गर्ने कार्यक्रम अगाडि सार्ने बताए ।

श्रेष्ठले सरकारी विद्यालयलाई निजी विद्यालयले सहयोग गर्ने र सरकारी विद्यालयको गुणस्तर बृद्धि गर्ने गरि कार्य गर्दै मध्यपुरलाई शैक्षिक गन्तव्य बनाउने बताए ।

उनले नगरपालिकाले आफ्नै कलेजदेखि मेडिकल कलेज र नर्सिङ्ग कलेजसम्म संचालन गर्ने बताए । नगरलाई सफा राख्न सफाई कर्मचारीको व्यबस्थापन गर्ने, तरकारी उत्पादनको पकेट क्षेत्र बनाउने, तरकारीको बजार व्यबस्थापन गर्ने उनको योजना रहेको बताए ।

जनताको काम बढीमा तीनदिन भित्र सम्पन्न गर्नेगरि जनताले परिवर्तनको अनुभूति गर्नेगरि कार्य गर्ने नगरप्रमुख श्रेष्ठले बताए ।