साहित्यकार ढकालको ७५ वर्षको उमेरमा निधन

काठमाडौँ । चम्पावती मावि, बुइपा, खोटाङका पूर्व प्रधानाध्यापक तथा साहित्यकार एकनाथ ढकालको आज बिहान ७५ वर्षको उमेरमा हृदयाघातका कारण निधन भएको छ ।

काठमाडौँ मेडिकल कलेज सिनामङ्गल लैजाँदै गर्दा उनको बाटैमा मृत्यु भएको हो । सो माविमा करिब २२ वर्ष तथा काठमाडौँ र ललितपुरका विद्यालयमा करिब १९ वर्ष उनले अङ्ग्रेजी विषयमा अध्यापन गरेका थिए ।

हाल कामपा–६, गुह्येश्वरी, रुद्रेश्वर, टाउन प्लानिङमा बसोबास गर्दै आएका ढकालका छोरा प्रकाशको सम्झनामा’ लघु शोककाव्यलगायतका धेरै फुटकर रचनाहरुसमेत प्रकाशित भएका छन् । स्व. ढकालका श्रीमती, एक छोरा र दुई छोरी रहेका छन । रासस