तातिदैछ चुनावी माहोल

पार्टीका झण्डाले रंगिए सडक

प्यूठान । स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा जिल्लाका राजनीतिक दलहरुले प्रचारात्मक अभियानलाई विस्तारै तिव्रता दिँदै लगेका छन् । सार्वजनिक स्थानमा दलहरुले आफ्नो पार्टीको झण्डा राखेर प्रचाररप्रसार गरिरहेका छन् ।

जिल्लाका चोकचोकमा दल निकटका झण्डाहरु गाडिएको छ । सार्वजनिक स्थलमा झण्डा राख्ने कार्यलाई जिल्लामा क्रियाशील सबै दलहरुले अपनाएका छन् । व्यक्तिका निजि घर, सडक, पुल, प्रतिक्षालय, मन्दिर लगायतका स्थानमा दलहरुले झण्डा राखेर प्रचार गरिरहेका छन् ।

साविकको सदरमुकाम खलंगासहित प्रमुख व्यापारिक केन्द्र बाग्दुला, विजुवार, जुम्रिबजार, मच्छि, बडडाँडा, भिंगृ, बाहाने, चुँजाठाटी लगायत बजार क्षेत्रमा दलहरुले आफ्नो झण्डा राखेर रंगीचंगी बनाएका छन् ।

दलहरुले आफ्ना नेता कार्यकर्ताहरुको घरको धुरीमा समेत झण्डा फरफराउन आग्रह गरेका छन् । गाउँका सबैको घरमा झण्डा राखेका छौँु,झिमरुक गाउँपालिका(१) सौतामारेका एमाले तर्फबाट वर्डा अध्यक्ष उम्मेदवार धुर्वराज खनालले भने, चुनाव प्रचार प्रसार गर्न आउनेहरुलाई कसको घरमा आए भन्ने कुरा झण्डाले चिनाउछ । यो समाचार अन्नपूर्ण पत्रीकामा प्रकाशित छ ।