राजपा मनाउन दिनभर प्रयास

काठमाडौं । दोस्रो चरणको स्थानीय चुनावपछि संविधान संशोधन प्रयास गर्ने आश्वासन दिँदै हाललाई चुनावमा भाग लिन ठूला तीन दलले गरेको आग्रह राजपाले अस्वीकार गरेको छ ।

उसले स्थानीय तहको संख्या जनसंख्याको अनुपातमा तत्कालै वृद्धि गरेमात्रै संशोधन विधेयक अनुमोदनको विषयमा सोच्न सकिने बटमलाइन राखेको छ ।

सर्वोच्च अदालतले चुनावी कार्यक्रम चलिरहेको बेला स्थानीय तहको संख्या बढाउन नसकिने अन्तरिम आदेश जारी गरिसकेको सम्झाउँदै कांग्रेस, एमाले र माओवादी केन्द्रले मधेसी दलका नेताहरुलाई सम्झाउने कोसिस त गरे, तर राजपाले यसअघि ७१९ तहबाट थपेर ७४४ बनाउदा अवलम्बन गरेकै प्रक्रिया अपनाउन अडान लिएपछि शनिबार रातिसम्म बालुवाटारमा बसेको बैठक निष्कर्षविहीन हुन पुग्यो । यो समाचार आजको कान्तिपुरमा प्रकाशित छ ।