राष्ट्रपतिकी छोरी मेयरको उम्मेदवार

सीताको पवित्र भूमिमा रावणले राज गर्ने चिन्ता

काठमाण्डौं । जनकपुर उपमहानगरपालिकाको मेयरमा पूर्वराष्ट्रपति डा. रामवरण यादवकी छोरी अनिता यादवले उम्मेदवारी दिने भएकी छन ।

यादवले शुक्रबार सामाजिक संञ्जाल (फेसबुक)मार्फत उम्मेदवारी दिने इच्छा राखेकी हुन् । उनले आफुलाई पूर्व राष्ट्रपतिको छोरीको नाममा मात्र नहेर्न र आफ्नो क्षमतालाई पनि मुल्याङ्कन गर्न आग्रह गरिन् ।

उनले आफ्नो फेसबुक स्टाटसमा भनेकी छन–‘कतै सीताको पवित्र भूमिमा रावणले त राज गर्ने होइन ।मसँग उपमहानगरपालिकाको प्रमुख बन्ने योग्यता अनुभव र कौशलता सबै छ तर चुनाव खर्च छैन । मेरो मेयरमा उठ्ने चाहना भन्दा पनि यो समाजलाई कसको जरुरत छ त्यो बुझ्न पर्छ । कसैलाई खुसी बनाएर टिकट लिएर वा पैसाको भरमा चुनाव लड्ड्ने मेरो चाहना पनि छैन ।’