अफगानस्थानमा बम आक्रमणः १३ जनाको मृत्यु

तालेवान समूह संलग्न रहेको आशंका

अफगानिस्तान । पछिल्लो समयमा अफगानिस्तानमा हिंसा बढेको छ । पछिल्लो हिंसा नेटो समर्थनको अफगानी सेनाका लागि चुनौती बनेको छ ।

पूर्वी अफगानी शहरमा भएको आत्मघाती बम हमलामा करिब १३ जनाको ज्यान गएको अधिकारीहरुले बताएका छन्। त्यहाँका सूचना मन्त्रीका अनुसार दुई जना बालबालिकाको मृत्यु भएको छ ।

उक्त घटनामा तालेवान र इश्लामिक स्टेट भनेर चिनिएको समूह संलग्न रहेको आशंका गरिएको छ।

तालेवान विरुद्धको अमेरिकी युद्ध कारवाही सन २०१४ मा अन्त्य भएको थियो तर विशेष फौजले अहिले पनि अफगानी सेनालाई सहयोग पुर्याउँदै आएको छ।