गोमा एयरको विमान लुक्लामा दुर्घनाः क्याप्टेन र कोपाइलट अझैँ भेटिएनन्

घाइतेलाई उपाचारका लागि काठमाडौं लगिदै

काठमाडौं । गोमा एयरको (समिट एयर) विमान आज सोलुखुम्बुको तेन्जिङ हिलारी बिमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटनामा परेको छ । दुर्घटन भएपछि विमानमा रहेका क्याप्टेन र कोपाइलटको अझै पत्ता लाग्न सकेको छैन ।

लुक्ला विमानस्थलमा भएको उक्त दुर्घटनामा परि एयर होस्टेस प्रज्ञा मानन्धर लगाएतका विमान कर्मचारीहरु गम्भिर घाइते अवस्थामा रहेका छन, र उनीहरुलाई उपचारको लागि काठमाडौं लग्ने तयारी भएको प्रहरीले बताएको छ ।

उक्त नाईन एनएकेए कल साइन भएको विमान दुर्घटनामा भएपछि हराएका क्याप्टेन पारसकुमार राई र कोपाइलट सृजन मानन्धरको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले हरपल नेपालसँग बतायो ।

हावाको चापको कारण उक्त दुर्घटना भएको हुनसक्ने भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले दुर्घटना भएको विमान धावनमार्ग बाहिर पुगेको र क्षति भएको बताएका छन ।

उक्त विमान काठमाडौंबाट आज साढे १ बजे उडान गरेकोको थियो । २ बजेर ४ मिनेटमा बिमान दुर्घटना भएको बताइएको छ ।