दोस्रो चरणको चुनाव सार्न नेपाली काँग्रेस लचिलो

राजपालाई चुनावमा सहभागी हुन जोड

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपाल दोस्रो चरणको स्थानीय निर्वाचनमा सहभागी हुन सहमत भए सत्तारुढ दल नेपाली काँग्रेसले चुनाव सार्नपनि सकिने बताएको छ ।

आज नेपाली कांग्रेसको पार्टी कार्यालयमा राजपाका नेताहरुबीच भएको छलफलमा कांग्रेसले त्यस्तो बताएको हो । राजपालाई अनिवार्य रुपमा निर्वाचनमा सहभागी हुनु पर्नेमा जोड दिएको छ ।

राजपा नेपालका शिर्ष नेताहरुले भने–‘हामीले आश्वासन धेरैपटक पाएको तर अझैसम्म केही प्राप्त नभएकाले हाम्रो माग पूरा नगरेसम्म सहमतिमा आउन सक्दैनौ।’

उपप्रधानमन्त्री विमलेन्द्र निधिले पत्रकारसँग भने–‘हामीले राजपा नेपालका नेताहरुलाई चुनावमा भाग लिनुहुन्छ भने पार्टी दर्ता, हस्ताक्षर बुझाउने तथा चुनाव चिन्ह प्राप्तिका लागि ऐन संशोधन गर्न र चुनाव मिति सार्न पनि सकिन्छ, तर सविधान संशोधनका लागि दुई तिहाई बहुमत चाहिन्छ, त्यसका लागि सरकारले कतिको प्रयास गरेको त्यसको बारेमा तपाईहरुलाई थाहैछ भन्यौ ।’