अवरुद्ध संसद बैठक सुचारु गर्न यस्तो भयो सहमति

सहमतिका साथ अघि बढ्ने समझदारी

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण  चल्न नसकेको संसद बैठक आजदेखि खुलाउन शिर्ष नेताहरुबीच सहमति भएको छ ।

पहिलो चरणको स्थानीय तहको निर्वाचनमा विभिन्न ठाउँमा भएका धाँधलीको संसदीय छानबिन समिति गठन गर्न, प्रधानन्यायाधीशमाथि लगाइएको महाअभियोगको प्रस्ताव फिर्ता गर्न र टिकापुर घटनाका दोषीलाई उन्मुक्ति नदिन सत्तापक्षसँग सहमति भएको हो ।

 प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भएको सहमति अनुसार संसद बैठक सुचारु हुने भएको छ ।