भरतपुरमा मत गणना सुरु

सबै मत पत्र सदर हुने

चितवन । भरतपुर महानगरपालिकामा विहान देखि रोकिएको मत गणना कार्य सुरु भएको छ । अर्धकट्टीसहितको १२५ वटा मतपत्र भेटिएपछि विवाद सुरु भई मत गणना स्थगित भएको थियो ।

निर्वाचन आयोगले बुथबाटै दलहरुको सहमतिमा मुचुल्का उठाई मत सदर हुने निर्णय गरेपछि मतगणना सुरु भएको हो ।

वडा नं १७ मा १ सय २५ मत अर्धकट्टिसहित फेला परेका थिए । ती सबै मत पत्रमा नेकपा एमालेको प्यानलमा छाप लगाइएको छ ।

कांग्रेस र नेकपा माओवादी केन्द्रले अर्धकट्टीसहितको मतपत्र फेला परेपछि ती मत पत्र बदर गर्न माग राख्दै विवाद गरेका थिए ।