भरतपुरमा मत गणना स्थगित

आयोगका प्रतिनिधि विवाद मिलाउन व्यस्त

चितवन । चितवनको भरतपुर महानगरपालिकामा बैशाख ३१ गते सम्पन्न भएको स्थानीय तहको मतगणना कार्य स्थगित भएको छ ।

वडा नंं १७ को मत गणनाको कार्य जारी भइरहेको बेला अर्धकट्टीसहितको मतपत्र भेटिएको भन्दै दलहरुले यसको छानबिन हुनुपर्ने माग गरेपछि गणना कार्य अवरुद्ध भएको हो ।

अहिले भरतपुर महानगरपालिकामा दलहरुबीच भएको १ सय २५ अर्धकट्टीसहितको मत पत्रविवादलाई आयोगका प्रतिनिधिहरु मिलाउने प्रयास गरिरहेका छन ।