महोत्तरीमा आँधीहुरी र वर्षाले लाखौँको क्षति

स्थानीय वासीहरु प्रभावित

गौशाला । आज एकाबिहानै महोत्तरी जिल्लामा आएको तीव्रगतिको आँधीहुरी र वर्षाले लाखौँको क्षति पुर्याएको छ । आज बिहान सवा ५ बजेतिर अचानक तीव्रगतिमा आएको आँधीहुरी र वर्षाले जिल्लाका १० नगरपालिका र पाँच गाउँपालिकाभित्र लाखौँको क्षति पु¥याएको ठाउँठाउँबाट जानकारी आएको छ ।

आँधीहुरी र वर्षाले दर्जनौँ घर, स्कुल, अस्पताललगायतका छाना उडाएको छ भने कतिको घरबारसमेत लडेको जिल्ला प्रहरी कार्यालय, महोत्तरीका प्रहरी नायब उपरीक्षक दीपक पोखरेलले बताका हुन्।

अत्यधिक बेगमा आएको आँधीहुरीले जिल्लाका विभिन्न गाउँमा दर्जनौँ रुख ढलेका छन् भने कति ठाउँमा बिजुलीको पोलसमेत ढालेको प्रहरीले जनाएको छ ।

यता जिल्ला कृषि विकास कार्यालयका प्रमुख सुकेश्वर झा काअनुसार आँधीहुरीसँगै आएको भीषण वर्षाले जिल्लामा रहेका आँप, लिचीमा ठूलो क्षति पुर्याएको छ भने सयौँ किसानको लाखौँ मूल्य बराबरको तरकारी बालीसमेत नष्ट पारेको छ ।

करिब एक घन्टासम्म जिल्लामा अविरल रुपमा चलेको तीव्रगतिको आँधीहुरीसँगै परेको भीषण वर्षाले सबैलाई भयभित त्रासपूर्ण बाताबरण बनाएको छ। रासस