दुईसय असी तहको मतगणना सम्पन्न

काठमाडौं । निर्वाचन आयोगले वैशाख ३१ गते सम्पन्न स्थानीय तह निर्वाचनबाट शुक्रबारसम्म १३ हजार ३३ जनप्रतिनिधि निर्वाचित भएको जनाएको छ ।

कान्तिपथस्थित आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेईओसी) का अनुसार हालसम्म २८० स्थानीय तहको मतगणना कार्य समाप्त भई निर्वाचित जनप्रतिनिधिको विवरण प्राप्त भएको छ ।

आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार अब काठमाडौंँ र भरतपुर महानगरपालिका तथा चाँगुनारायण नगरपालिका गरी तीनवटा स्थानीय तहको विवरण प्राप्त हुन बाँकी रहेको जानकारी दिए ।

आयोगका अनुसार, नगरप्रमुख वा अध्यक्ष २८०, उपाध्यक्षरउपप्रमुख २८०, वडाध्यक्ष २ हजार ५२६, वडा सदस्य ५ हजार ४६, महिला सदस्य २ हजार ५२१ र दलित महिला सदस्य २ हजार ३८० जना निर्वाचित भइसकेका छन । यो समाचार आजको गोरखापत्रमा प्रकाशित छ ।