संसद बैठक भोली १ बजे बस्नेः एमालेको अवरोधका कारण आज स्थगित (भिडियोसहित)

शिर्ष नेताबीच सहमतिको प्रयास जारी

काठमाडौं । शुक्रबार दोस्रो पटक चार बजे बस्ने भनिएको ब्यवस्थापिका संसद बैठक एमालेको अवरोधका कारण स्थगित भएको छ । शिर्ष नेताहरुबीच सहमति कायम गरी भोली पुनः संसद बैठक एक बजे बस्ने भएको छ ।

सरकारले स्थानीय तह थप गरेको भन्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले विरोध जनाए पछि आजको व्यवस्थापिका संसद बैठक स्थगित भएको हो ।

सभामुखले पहिलो पटक एक बजेको संसद बैठक स्थगित भए लगतै शिर्ष दलका नेताहरुबीच सहमतिको प्रयास गरेकी थिइन ।

एमालेले आफ्नो अडान नछाड्दा दोस्रो पटक पनि बैठक बस्न सकेन र त्यसपछि भोली एक बजेसम्मका लागि सभामुखले बैठक स्थगित गरेकी हुन ।

LOADING...