स्थानीय निर्वाचनमा माओवादीका एजेण्डाको जीत भएको छः प्रवक्ता भुषाल

आचारसंहिता विपरित भन्नु अर्थहिन भएको दाबी

भक्तपुर । नेकपा माओवादी केन्द्रका प्रवक्ता एवम् नेतृ पम्फा भुषालले पहिलो चरणको स्थानीय तहको निर्वाचनमा अपेक्षा अनुसार माओवादी केन्द्रले जीत हासिल गर्न नसकेको बताएकी छन ।

रफत सञ्चार क्लबको साक्षात्कार कार्यक्रममा बोल्दै उनले यो निर्वाचनमा माओवादी केन्द्र तेस्रो भएपनि जनताले त्रिशक्तिलाई नै मतदान गरेको बताउँदै हार र जीत स्वभावीकै भए पनि माओवादी केन्द्रको एजेण्डा सफल भएको र नैतिक जीत भएको धारणा राखिन ।

उनले सरकारले अहिले ल्याएको बजेट, नीति तथा कार्यक्रम नियमित भएको कारण यस बिषयमा टिकाटिप्पणी गरी आचारसंहिता विपरित भन्नु अर्थहिन भएको बताइन ।

उनले विगतमा राजनीतिक दलबीच भएको सहमतिका आधारमा नै प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्री पदबाट राजीनामा दिएको भन्दै प्रधानमन्त्री दाहालको राजीनामा बारे कुनै शंका गर्न नहुने र यहि गठबन्धनको सरकारले निरन्तरता पाउँने दाबी गरे ।

भरतपुर महानगरपालिकालाई जोडेर प्रधानमन्त्रीले राजीनामा दिएको भन्ने हल्ला आधारहिन भएको भन्दै उनले रेणु दाहालले आफनो राजनीतिक कर्म अनुसार नै टिकट पाएको बताए ।

उनले जेठ ३१ गते दोस्रो चरणको निर्वाचन कसैले चाहेर पनि रोक्न नसक्ने बताउँदै यो निर्वाचनमा असन्तुष्ट राजनीतिक दलहरु समेत सहभािग हुने बताए ।

सरकारले केही दिन अघि निर्णय गरेको टिकापुर हत्या काण्डका बिषयमा उनले स्पष्ट पार्दै भने–‘निर्दोषहरु नफसुन र दोषीहरु नउम्किउन भन्ने सरकारको आसय रहेको हो ।’

नयाँ गठन हुने सरकार नेपाली काँग्रेसको नेतृत्वमा हुने र यो सरकारलाई सहयोग गर्दै माओवादी केन्द्र सरकारमा सहभागि हुने उनले बताए ।