संसद बैठक ४ बजेसम्मका लागि स्थगित (भिडियोसहित)

सहमतिको प्रयास जारी

काठमाडौं । आज एक बजेका लागि बोलाइएको संसद बैठक सुरु भए लगतै प्रतिपक्ष दल नेकपा एमालेको विवादका कारण स्थगित गरिएको छ ।

प्रमुख प्रतिपक्ष नेकपा एमालेले स्थानीय तहको संख्या थप गर्ने सरकारको निर्णय फिर्ता गर्नु पर्ने अडान राखेर विरोध गरेपछि केहिबेर सहमतिको प्रयास गर्ने भन्दै चार बजेसम्मका लागि स्थगित गरिएको हो ।

सभामुख ओनसरी घर्तीले संसद बैठक सुरु भएको बताउदा साथ एमालेका संसदहरुले उठेर विरोध गरेपछि उनले सहमतिको प्रयास गर्ने भन्दै साझँ चार बजेसम्मको लागि बैठकब स्थगित भएको बताइन ।

एमालेले संसद बैठकमा अवरोध गरेपनि विहिबार सरकारको नीति तथा कार्यक्रम भने संसदमा पेश गर्न दिएको छ । अहिले साझँ चार बजेको लागि संसद सुचारु गर्ने विषयमा दलहरुबीच छलफल भैरहेको बताइएको छ ।

LOADING...