काठमाडौं १२ मा एमाले विजयीः भिडियोमा हेर्नुहोस, बाजागाजासहित विजय उत्सव

निरन्तर जनतासँग जोडिएर काम गर्ने डंगोलको प्रतिबद्धता

काठमाडौ । काठमाडौ महानगरपालिकाको मतगणना जारी रहेका बेला वडा नं १२ मा नेकपा एमाले विजयी भएको छ ।

विजय घोषण भए लगतैै एमाले नेता कार्यकर्ताहरु मुख्य निर्वाचन अधिकृतको कार्यालय अगाडी जम्मा भएर नारा जुलुुस र बाजा गाजासहित विजय उत्सव मनाइ रहेका छन ।

वडा नं १२ मा एमालेका वडाध्यक्षका उम्मेदवार विकास डंगोलले निकटम प्रतिद्धन्द्धीलाई ८० मतले पछि पार्दै जित हासिल गरेका हुन । विकास डंगोलले १६७० मत प्राप्त गरेका छन भने उनका निकटम प्रतिद्धन्द्धी काँग्रेसका उम्मेदवार बालकृष्ण डंगोलले १५९० मत मात्र प्राप्त गरे ।

वडाध्यक्षमा निर्वाचित भएपछि डंगोलले हरपल नेपालसँग कु्रा गर्दै भने–‘वडाबासीहरुको सल्लाह, सुझाव अनुसार विकास निर्माणका काममा निरन्तर जनतासँग जोडिएर अघि बढ्ने छु । मलाई सहयोग गर्नु हुने सबैलाई धन्यवाद ।’

LOADING...