पोखरा UPDATE: लेखनाथ महानगरपालिकामा एमाले विजयी

१४ हजार मतान्तर

कास्की । पोखरा लेखनाथ महानगरपालिकाको मेयरमा नेकपा एमालेका मानबहादुर जिसी विजयी भएका छन् ।

नेकपा एमालेका मेयरका उम्मेदवार जिसीले ६० हजार ४२३ मत प्राप्त गरेर विजयी भएका हुन । उनका प्रतिपक्षका कांग्रेसका उम्मेदवार रामजी कुँवरले १४ हजार मतान्तरले हार बेहोर्नु परेको हो । ।

उपमेयरमा पनि एमालेकै मञ्जु गुरुङ विजयी भइन् । उनले ५६ हजार ४४८ मत प्राप्त गरेकी छन भने कांग्रेस उम्मेदवार सरस्वती कुँवरले ४४ हजार ३३८ मत प्राप्त गरेकी छन ।