नीति तथा कार्यक्रम, पुरानैलार्इ निरन्तरता

काठमाडौं । निर्वाचन आचारसंहिताको कारण देखाउँदै सरकारले आगामी वर्ष चालु योजनालाई नै निरन्तरता दिने गरी नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार संसद्मा सम्बोधनमार्फत सरकारको आर्थिक वर्ष ०७४÷७५ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा दिनुभएको भोलिपल्ट उहाँकै सरकारले नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो । राजीनामा दिइसकेको सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गरेको यो पहिलोपटक हो ।

कार्यक्रममा स्थानीय तहको निर्वाचनमा आचारसंहिता लागू भएको कारण देखाउँदै सरकारले पुरानै योजनालाई निरन्तरता दिएको छ । यो समाचार आजको अन्नपूर्णमा प्रकाशित छ ।