राष्ट्रपति ट्रम्पका ज्वाईं अनुसन्धानको घेरामा
आफ्नो अभियान र रुसबीच कुनै सम्बन्ध नभएको दावी
प्रकासित मिति : २०७४ जेष्ठ १२, शुक्रबार
प्रकासित समय : ०६:४५
अमेरिका । राष्ट्रपति ट्रम्पका छोरी ज्वाइं तथा ह्वाइट हाउसका सल्लाहकार ज्यारेड कुश्नर गत वर्षको निर्वाचनमा रुसी हस्तक्षेपबारे एफबीआइले थालेको अनुसन्धानको घेरामा रहेको अमेरिकी सञ्चार माध्यमहरुले जनाएका छन्।
अधिकारीहरुका अनुसार ३६ वर्षीय कुश्नरसंगको छानविनले संघीय जाँच ब्यूरो एफबीआइको अनुसन्धान महत्वपूर्ण हुन सक्ने विश्वास गरिएको छ ।।
एफबीआइले सन् २०१६ को अमेरिकी राष्ट्रपति निर्वाचनताका रुसबाट भएको सम्भावित हस्तक्षेप र ट्रम्प अभियानसंग त्यसको सम्बन्धबारे छानविन थालेको छ।
कुश्नर ट्रम्पकी छोरी अभान्काका पति हुन्। यस्ता जानकारी अन्य जुनसुकै छानविनकर्ताहरुले मागे पनि दिन सक्ने कुश्नरले बताएका छन ।
ट्रम्पले आफ्नो अभियान र रुसबीच कुनै पनि सांठगांठ नभएको बताएका छन्।(अन्तराष्ट्रिय सञ्चारमाध्यमबाट)