राजपालाई मनाउन यस्तो हुँदैछ चलखेल

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर, नेपाल फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार र संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवबीच बिहीबार स्थानीय तहको दोस्रो निर्वाचनमा सहभागी हुने अवस्थामा तीन पार्टीबीच तालमेल गर्ने सैद्धान्तिक सहमति भएको छ ।

भक्तपुरस्थित ठाकुर निवासमा भएको वार्तामा राजपा अध्यक्ष ठाकुरले चुनाव चिह्न, संविधान संशोधन र जनसंख्याका आधारमा निर्वाचन क्षेत्रको माग पूरा भए निर्वाचनमा जान सकिने प्रस्ताव राखेका थिए ।

राजपा अध्यक्ष ठाकुरले निर्वाचन आयोगले पार्टी दर्ता गरेर चुनाव चिह्न दिनुपर्ने र संविधान संशोधन हुनुपर्ने मागलाई चुनावमा सहभागिताको सर्तका रूपमा लिएका थिए ।

गच्छदार र यादवसँगको छलफलमा राजपा अध्यक्ष ठाकुरले चुनाव चिह्न नभएकाले निर्वाचनमा जान नसकिने बाध्यता देखाएका हुन ।

स्रोतका अनुसार ठाकुरले निर्वाचन आयोगमा पार्टी दर्ता र चुनाव चिह्न दिलाइदिन तथा संसद्बाट संविधान संशोधन गराउनसमेत पहल गरिदिन यादव र गच्छदारलाई आग्रह गरेका थिए । यो समाचार आजको अन्नपूर्ण पोष्टमा प्रकाशित छ ।