“सहमतीय सरकार बन्ने सम्भावना छैन’’

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री प्रचण्डले राजीनामा दिएको भोलिपल्ट, सात दिन भित्र सहमतिका आधारमा सरकार गठनका लागि राजनीतिक दलहरुलाई आह्वान गरेकी छिन्।

आलोपालो सरकारको नेतृत्व गर्ने नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसबीचको भद्र सहमति अनुसार भन्दै प्रधानमन्त्री प्रचण्डले पदत्याग गरे पछि व्यवस्थापिका संसदका दुई ठूला दल नेपाली काँग्रेस र नेकपा एमालेले सहमतिको सरकार बन्ने संभावना न्यून रहेको बताएका छन्।

सहमतिको सरकार बन्न नसकेमा संसदमा मतदान मार्फत बहुमतीय सरकार बनाउने प्रकृया थालिने छ।
संविधानको धारा २९८ को उपधारा २ बमोजिम ७ दिनभित्र राजनीतिक सहमतिका आधारमा प्रधानमन्त्री चयन गर्न संसदमा प्रतिनिधित्व गर्ने दलहरुलाई आह्वान गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ। यो समाचार आजको बिबिसीमा प्रकाशित छ ।