१६ जिल्लामा स्थानीय तहको सीमा र संख्या हेरफेर
अब ७६६ स्थानीय तह
प्रकासित मिति : २०७४ जेष्ठ १२, शुक्रबार
प्रकासित समय : ०६:०३
काठमाडौं । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले तराईका १६ जिल्लामा स्थानीय तहको संख्या र सीमा हेरफेर तथा स्तरोन्नतिसहितको विवरण बिहीबार निर्वाचन आयोगलाई बुझाएको छ ।
मन्त्रालयका सचिव दिनेश थपलियाले सम्पूर्ण विवरण आयोगलाई बुझाउनुका साथै राजपत्रमा छाप्नका लागि पठाइ सकिएको बताए ।
राजपत्रमा प्रकाशित भएपछि नयाँ स्थानीय तहहरू कार्यान्वयनमा आउनेछन् । स्थानीय तहको कुल संख्या अब ७ सय ४४ बाट बढेर ७ सय ६६ पुगेको छ ।
पछिल्लोपटक २३ स्थानीय तह थप गरिएको छ भने पर्सामा एउटा गाउँपालिका घटाइएको छ । यो समाचार आजको कान्तिपुरमा प्रकाशित छ ।