भरतपुरमा माओवादी केन्द्र विजयी
अन्य वडाको मत गणना कार्य जारी
प्रकासित मिति : २०७४ जेष्ठ ११, बिहीबार
प्रकासित समय : ११:५५
चितवन । पहिलो चरणको स्थानीय निर्वाचनमा भरतपु्र महानगरपालिकाको २५ नं वडाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार विजय भुजेल विजयी भएका छन ।
उक्त वडामा वडा सदस्यमा एमाले विजयी भएको छ भने अन्य पदमा माओवादी केन्द्र विजयी भएको छ । अब वडा नं १५ देखि २४ सम्म मत गणना गर्न बाँकी रहेको छ ।
अब बाँकी रहेका वडाहरुमा माओवादी केन्द्र र नेपाली काँग्रेसको राम्रो प्रभाव रहेको भनाई छ । माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहाल र एमालेका उम्मेदवार देवी ज्ञवालीबीच कडा प्रतिस्पर्धा रहेको छ । ज्ञवाली र दाहालबीचको मतान्तर घट्दो क्रममा छ ।
मेयर
माओवादी केन्द्र, रेणु दाहाल- २९४०१
एमाले, देवी ज्ञवाली -३१०३७