तीन महानगरपालिकाको यस्तो छ मत परिणाम
भरतपुरमा माओवादी र एमालेबीच तिब्र प्रतिस्पर्धा
काठमाडौं । पहिलो चरणमा भएको स्थानीय तहको निर्वाचनको मत गणना अझैँ सकिएको छैन । देशका चार महानगर मध्य तीन स्थानको मत गण्ना कार्य अहिले पनि जारी रहेको छ ।
यति वेला भरतपुर महानगरपालिकाको मत परिणामको विषय सर्बाधिक चाँसोको विषय भइरहेको छ । भरतपुरबाट माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डकी पुत्री रेणु दाहाल र एमालेका देवी ज्ञवालीबीच तिव्र प्रतिस्पर्धा भइरहेको छ ।
काठमाडौँ महानगरपालिका
नेपाली कांग्रेस , राजुराज जोशी – ३०,९७० – नेकपा एमाले, बिद्यासुन्दर शाक्य -४४,३२१
माओवादी केन्द्र, सर्वोत्तम डंगोल -४,९७४ -नयाँ शक्ति(फोरम) ,पवित्र बज्राचार्य-३,७०९
साझा पार्टी, किशोर थापा- १२,०५७ -बिबेकशील, रञ्जु दर्शना -१६,०६२
भरतपुर महानगरपालिका
नेकपा एमाले, देवी ज्ञवाली-३०१६८ –माओवादी केन्द्र, रेणु दाहाल-२८३१३
राप्रपा, ब्रद्रि तिमल्सिना- ३,७६३
पोखरा महानगरपालिका
नेपाली कांग्रेस, रामजी कुँवर-३०,९७७ –नेकपा एमाले, मानबहादुर जिसी-३७,०७४
राप्रपा, गीता गुरूङ-१७१० –नयाँ शक्ति(फोरम), हुमबहादुर तमु-२१६४