अमेरिकी राष्ट्रपति ट्रम्प र ब्रिटेनकी प्रधानमन्त्री मेलेबीच भेटवार्ता
अमेरिका प्रति ब्रिटेन आक्रोशित
प्रकासित मिति : २०७४ जेष्ठ ११, बिहीबार
प्रकासित समय : ०७:११
अमेरिका । अमेरिकाको अखबार द न्यूयोर्क टाइम्सले म्यानचेष्टरमा भएको बम हमला स्थानका तस्वीर र प्रमाणसहितका सूचना प्रकाशन गरेको कारणले ब्रिटेन अमेरिका प्रति आक्रोशित भएको छ ।
उक्त सूचनाको प्रकाशनको कारणबाट प्रहरीको अनुसन्धानलाई असर पारेको ब्रिटिश अधिकारीहरुले बताएका छन ।
उक्त तस्वीरमा रगतको टाटा बसेका बमका टुक्रा, ब्याट्री, काँटीहरु र विस्फोट गराउन प्रयोग गरिने एउटा सम्भावित उपकरण देखिन्छ।
आज नेटो सम्मेलनका क्रममा हुने अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँगको भेटमा ब्रिटेनकी प्रधानमन्त्री टरिजा मेले उक्त सूचना प्रकाशनको विषय पनि छलफल गर्ने अपेक्षा गरिएको छ। (अन्तराष्ट्रिय सञ्चार माध्मबाट)