प्रधानमन्त्रीद्वारा चुनाव सार्न प्रस्ताव
प्रकासित मिति : २०७४ जेष्ठ ११, बिहीबार
प्रकासित समय : ०५:४६
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी जेठ ३१ गते हुने चुनाव सार्न निर्वाचन आयोग समक्ष प्रस्ताव गरेका छन्।
प्रधानमन्त्री र आयोग पदाधिकारीबीच बुधबार बालुवाटारमा भएको छलफलमा आयोगका पदाधिकारीहरुले तराईका जिल्लामा दुई दिन मात्र अघि थप गरिएका स्थानीय तहमा जेठ ३१ मा चुनाब गर्न नसकिने स्पष्ट बताएका थिए।
त्यसको जवाफ दिँदै प्रधानमन्त्रीले असारको पहिलो वा दोस्रो साताको मितिमा चुनाब सार्न आयोग पदाधिकारी समक्ष प्रस्ताव गरेका हुन्।
बुधबार साँझ निर्वाचन आयोगले एक प्रेस विज्ञप्ति जारी गर्दै थप गरिएका स्थानीय तहमा जेठ ३१ मा चुनाब गराउन गाह्रो पर्ने उल्लेख गरेको छ। यो समाचार आजको नागरिकमा प्रकाशित छ ।