प्रधानमन्त्री प्रचण्डद्धारा राजिनामा: सिंहदरवारबाट राष्ट्रका नाममा सम्बोधन (लाइभ भिडियो)

भन्छन–‘निर्वाचन मार्फत लोकतान्त्रीक गणतन्त्रले जित्यो’

काठमाडौं । प्रधानमन्त्री प्रचण्ड अहिले सिंहदरबारबाट जनतालाई सम्बोधन गर्दै प्रधानमन्त्री पदबाट राजिनामा दिएका छन ।

प्रधानमन्त्री प्रचण्डले निर्वाचन मार्फत लोकतान्त्रीक गणतन्तले जितेको र त्यो एजेन्डा आफ्नो पार्टीले जनयुद्धबाट लडेर ल्याएको बताएका छन ।

व्यवस्थापिका संसदमा सम्बोधन गर्न नपाएपछि सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा पत्रकार सम्मेलनमार्फत उनले सम्बोधन गरेका हुन ।

सम्बोधनको क्रममा प्रधानमन्त्रीले आफ्नो सरकार निकै जटिल अवस्थामा गठन भएको भएपनि सरकारले लोड सेडिङको अन्त्य, आर्थिक बृद्धीदर, गाउँ गाउँमा सिंहदरबार, जनताको कामहरुमा केन्द्रीत लगाएतका महत्वपूर्ण कार्यहरु सम्पन्न गरेको बताए ।

उनले भूकम्पपीडितको बिचल्ली र जनतामा निराशा छाएको बेला आफुले जिम्मेवारी पाएको १० महिनाको छोटो अवधिमा सरकारले धेरै कामहरु गर्न सफल भएको भन्दै सफल प्रधानमन्त्रीको रुपमा कांग्रेससँग भएको सत्ता हस्तान्तरणको सहमति अनुसार आफुले राजिनामा दिएको बताए ।

उनले उल्लासपूर्ण तरिकाले पहिलो चरणको निर्वाचन सम्पन्न भएको र दोश्रो चरणको निर्वाचनको तयारी पनि अन्तिम अवस्थामा पुगेको भन्दै सरकार संविधानको कार्यान्वयनमा केन्द्रीत रहेको बताए ।
प्रधानमन्त्रीको सम्बोधनको लाईभ भिडियो हेर्नुहोस्

LOADING...