सरकारी जागिर छोडेर राजनीतीमा होमिए तामाङ
वडा सचिवबाट गाउँपालिका अध्यक्ष
प्रकासित मिति : २०७४ जेष्ठ १०, बुधबार
प्रकासित समय : १५:११
रसुवा । उत्तरी रसुवाको पार्वतीकुण्ड गाउँपालिकामा वडा सचिव रहेका बुजुङ तामाङ्ग सोही गाउँपालिको अध्यक्षमा निर्वाचित भएका छन् ।
सरकारी जागिर छोडी नयाँ शक्ति नेपालको तर्फबाट अध्यक्ष पदमा उम्मेदवार बन्नुभएका पार्वतीकुण्ड–१ का बुजुङ तामाङ सो पदमा ९६४ मत ल्याउनु भई विजयी भएका हुन् ।
एउटा वडाको सचिव बनेर काम गरिरहनुभएका मान्छे अहिले पार्वनीकुण्ड गाउँपालिकाको सिङ्गो अध्यक्ष बन्न पाउँदा उनी निकै हर्षित बनेका छन ।
अध्यक्ष तामाङले आफ्नो पहिलो प्राथमिकता हाकु गाउँमा मोटरबाटो निर्माण गर्ने समेत बताए । रासस