आजको संसद बैठक स्थगितः भोलि ४ बजे बस्ने

प्रधानमन्त्रीको राजिनिमाबारे छलफल जारी

काठमाडौं । आजको लागि तय गरिएको व्यवस्थापिका संसदको बैठक प्रमुख प्रतिपक्ष दलसँग सहमति हुन नसकेका कारण बस्न सकेन । आज ११ बजेको लागि संसद बैठक बोलाइएको थियो ।

संसद सचिवालय श्रोतका अनुसार बैठक भोलिसम्मको लागि स्थगित भएको छ । भोलि ४ बजेका लागि बैठकको समय ठोस गरिएको छ ।

भोलि बस्ने बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले व्यवस्थापिका संसदमा चालू आर्थिक वर्षको सरकारका नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम तग गरिएको छ ।

सत्तारुढ दलको सहमति अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पदबाट राजिनामा दिने विषयमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग केही कुरा नमिलेपछि आजको बैठक बस्न नसकेको नेताहरुले बताएका छन ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोबिन्द आर्चालेले प्रधानमन्त्रीको राजिनामा, स्थानीय निकायको निर्वाचन र बजेटका विषयमा दलहरुबीच सहमति हुन सकेको छैन । सल्लाहकार आर्चायले अहिले पनि सहमतिको लागि छलफल प्रकृया जारी राखिएको बताएका छन ।