एकपटक सबैले पढ्नै पर्नेः ‘गर्भभित्रको कारुणिक कथा–नजानिदो अपराध’

गम्भिर प्रश्नः गर्भपतन आवश्यकता कि अन्धविश्वास ?

‘गर्भभित्रको कारुणिक कथा–नजानिदो अपराध’ 

कविता भट्ट

आमा म आज सात इन्च लामो भए, तर मेरो सरिरमा सबै अंगहरु छन् । मलाइ तपाईको आवाज एकदमै मनपर्छ, सुनिरहुँ झैं लाग्छ । तपाइको आवाज सुन्दा मामु प्रत्येक पटक म मेरा स–साना हातखुट्टाहरु हल्लाउने प्रयास गर्छु । तपाइको मुटुको धड्कन मेरो एकान्तको साथि बनेको छ।

दास्रो महिना- आमा, आज मैले मुँस्कुराउन सिकें । तर अझै पनि म सानै छु, बाहिरको संसारमा म आफुलाई सर्मपण गर्न सक्दिन, मलार्इ यहि न्यानो र सुरक्षित छ, तर पनि बाहिरको संसार कस्तो ? त्यो संसार कहिले हेर्ने, भनेर म दिन गनेर बसेको छु ।

तेस्रो महिना-  मामु तपार्इलार्इ थाहाँ छ ? म छोरी हुँ, सायद यो कुरा सुनेर तपार्इ खुसि हुनुभयो होला । म सदा तपार्इलार्इ खुसि देख्न चाहन्छु । आमा, तपार्इ रुँदा मलाइ साह्रै दुःख लाग्छ । अनि म नि तपार्इसँगै रुन्छु तर तपाइले मेरो आँसु देख्नुहुन्न ।

चौथो महिना-  आमा मेरो कपालहरु पलाउन थालेका छन । यतिबेला एकदम नरम र छोटो छ, मेरो कपाल् । म प्रायः समय समयमा कसरत गरेर बिताउँछु, अहिले त म हातखुट्टाका औलाहरु पनि चलाउन सक्ने भएको छु । अनि टाउको पनि यता उता हल्लाउन सक्छु ।

पाँचौं महिना-  मम्मु आज तपार्इ बाबासँग डाक्टरको मा जानु भएछ । उस्ले तपाइसँग झुट बोल्यो, पाँचौ महिनामा हुर्किदै गरेको म तपाईको बच्चा हैन भनेर । म कुनै रोग हो रे । यो सुनेर म कती धेरै रोए,थाहा छ तपाईलाई ? तर मेरो चिच्याहट कसैले सुनेनन्, आमा म कुनै रोग हैन तपाइकै आफ्नै छोरी हुँ । तर एउटा कुरा मैले बुझिन आमा, यो गर्भपात भनेको के हो ?

छैठौ महिना- आमा आज फेरी तपार्इ त्यो डाक्टरको मा जानु भएछ, तर मलार्इ तपाई त्यो डाक्टरकोमा गएको पटक्कै मनै पर्दैन । ऊ एकदम निर्दयी छ । उस्ले मेरो न्यानो बासस्थानमा चोट पुर्याउँदैछ । सियो जस्तै चुच्चो र धारिलो चिजले मलार्इ धेरै पिडा दिने योजना बनाउँदै छ, आमा प्लिज, विन्ती छ, उसलाई रोक्नु भन्नुस न । म यहाँ असहय दुखार्इले छट्पटाईरहेकी छु । बिन्ति छ मलार्इ नमार्नुस, मलार्इ पनि बाहिरी सुन्दर संसार हेर्न दिनुस् । मेरो के गल्ति छ र आमा ? आमा किन मलाइ यस्तो दर्दनाक मृत्यु दिदै हुनुहुन्छ ? तपार्इलार्इ मेरो माया लाग्दैन ? आमा, मेरो अन्तिम सास मात्रै बाँकि छ अब, बिन्ति छ, मलार्इ बचाउनुस, म मर्न चाहन्न, आमा….तर, बच्चीको करुणा र विन्ती सुनिदिने कोहि भएन, उस्को चिच्याहट र प्राण नेपथ्यमै विलिन भयो ।

सातौं महिना-  आमा अहिले म सुरक्षित छु । म अहिले भगवानको काखामा छु, वहाले मलार्इ बोकिरहनुभको छ । अनि मलार्इ गर्भपतनको बारेमा पनि भन्नु भएको छ । ऐले मैले सबै कुरा बुझें, किन तपार्इले मलार्इ नअपनाउनुभएको ? मलाइ माफ गरिदिनुस आमा म छोरा भएर जन्मिन सकिन, तर मलार्इ तपाइसँग केहि गुनासो छैन, सिर्फ भगवानलार्इ यहि प्राथना छ, कि अर्को जुनिमा पनि म तपाइकै कोखमा छोरा भएर हुर्किन पाउँ । तपार्इ मलार्इ सम्झीएर कहिल्यै नरुनु ल । किनकि तपार्इको आखाँमा आँसु देख्दा मेरो भक्कानो फुटेर आउँछ, मेरी प्यारी आमा….

अन्त्यमा-   हो, गर्भपातले एउटा हुर्किदै गरेको आत्मालाइ सदाको लागि मारिदिन्छ । ती दुइ निर्दोष आँखाहरुले सुन्दर संसार कहिल्यै देख्न पाउनेछैनन् । अनि त्यो कोमल ओठले कहिल्यै पनि आमा भनेर सम्बोधन गर्न पाउनेछैन । गर्भपात बिशेष गरि कन्या भु्रणको हत्या हो । त्यो एउटा जघन्य अपराध हो । छोरा होस या छोरी, दुबै आफ्नै सन्तान हुन् र दुवैलाइ यो धर्तिमा आउने समान अधिकार छ । कुरिती र कुसंस्कृतिको नाममा गर्भमै छोरीको हत्या गर्न काम रोकिनु पर्छ । आखिर ती निर्दोष सन्तानलाई किन सजाय ? फुल्नै नपाइ निर्दय पूर्वक कोपिलामै फूललाई नमारौं, यो भन्दा ठूलो अपराध अरु के हुन सक्ला ? बाँकी तपाईहरुको स्वविकेक, जय होस् ।।

(लेखिका भट्ट, पेशाले शिक्षिका हुन । उनी समाजिक कुसंस्कार र कुरितिको विषयमा विभिन्न लेख, रचनाहरुमा कलम चलाउने गर्छिन ।)