कैलालीबाट नेकपाका केन्द्रिय नेता गिरफ्तार

तत्काल रिहाई गर्न माग

कैलाली। नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका दुई जना केन्द्रिय सदस्यलाई जिल्ला प्रहरी कार्यालयले मंगलबार गिरफ्तार गरेको छ ।
कैलालीको सहजपुरबाट दुई नम्बर एरिया सेक्रेटरी अशोक क्षेत्री र किसान नेता राम कुँवर पक्राउ परेका हुन । नेकपाले आफ्ना नेता कार्यकर्तालाई सरकारले विना कारण दिनहुँ गिरफ्तार गर्न लगाएको बताएको छ ।

नेपाल कम्युनिस्ट पार्टी कैलालीले गिरफ्तार भएका आफ्ना नेताहरुलाई तुरुन्त रिहाई गर्न माग गरेको छ । सरकारले मानव स्वतन्त्रता माथि नै हनन् गरिरहेको नेकपाको भनाइ रहेको छ ।