दोस्रो चरणको निर्वाचनबारे आयोग अन्योलमा

प्राविधिक र व्यवस्थापकीय चुनौती

काठमाडौं । सरकारले दोस्रो चरणको चुनावका लागि तराईका १९ वटा जिल्लामा थप गरिएका स्थानीय तहमा जेठ ३१ मै चुनाव गराउन निर्वाचन आयोगलाई प्राविधिक र व्यवस्थापकीय चुनौती हुने अधिकारीले जनाएका छन्।

सरकारले तराईमा स्थानीय तहको संख्या थप गरे तराई केन्द्रीत दलहरुले निर्वाचनमा सहभागी हुने भन्दै गत सोमबार अन्तिम निर्णय गरेको हो।

नयाँ थप गरिएका स्थानीय तहका संख्याबारे विस्तृत रुपमा औपचारिक प्रतिवेदन नआएकाले जेठ ३१ मा चुनाव गर्ने निर्णय निर्वाचन आयोगले लिन सकेको छैन ।

निर्वाचन आयोगका आयुक्त ईश्वरीप्रसाद पौडेलले कर्मचारीको परिचालन, सिमांकन अनुसारको मतदाता नामावली र निर्वाचन सामाग्रीको ढुवानी प्रमुख चुनौती रहेको बताएका छन ।