आतंकवाद जोखिमको तह उच्चविन्दुमा
म्यानचेष्टर आक्रमणको अनुसन्धान हुँदै
प्रकासित मिति : २०७४ जेष्ठ १०, बुधबार
प्रकासित समय : ०७:२८
ब्रिटेन । ब्रिटेनमा आतंकवादबाट रहेको जोखिमको तहलाई सबैभन्दा उच्चविन्दुमा पुर्याइएको छ। त्यसको अर्थ थप आतंकवादी आक्रमणहरु हुनसक्ने प्रधानमन्त्री टरिजा मेले बताएकी छन्।
प्रहरी, सरकारी विभाग र निकायका विज्ञहरुको समूह जोइन्ट टेरोरिज्म एनालिसिस सेन्टरले जोखिमको उच्चतहबारे निर्णय लिएको हो।
म्यानचेष्टर आक्रमणका संदिग्ध हमलाकारी सलमान अबेदीले एक्लै काम गरेको वा नगरेको भन्नेबारे अनुसन्धानकर्ताहरु निचोडमा पुग्न नसकेको प्रधानमन्त्रीले जनाइन् । (अन्तराष्ट्रिय सञ्चार माध्मबाट)