बहिनीले हराईन चुनावमा दिदीलाई

काठमाडौं । शुलिकोट गाउँपालिका वडा नम्बर ३ मा दाजुभाईका छोरीहरु दिदी कृष्णकुमारी गुरुङ र बहिनी सनमाया गुरुङ एउटै पदमा स्थानीय तहको निर्वाचनमा फरक फरक पार्टीबाट चुनाव लडेका थिए । उक्त गाउँपालिकामा माओवादीकी उम्मेदवार बहिनी सनमाया गुरुङ विजयी भएकी छिन ।

दिदी एमालेबाट र बहिनी सनमाया शुलिकोट गाउँपालिकाको उपप्रमुख पदमा माओवादीबाट चुनावमा भिडेकी थिइन ।

दिदीलाई भोट माग्दै प्रचारमा हिँड्नुपर्ने मान्छे आफै दिदीको विरुद्ध चुनाव लड्ने भनेर सम्झाउन खोजे तर मैले माओवादीबाट उम्मेदवार दिई सकेकाले धोका दिनु हुँदैन भन्ने बुझेँ । यो समाचार आजको नेपाल समाचारपत्रमा प्रकाशित छ ।